दुधौरा महोत्सव २०७७ मा आज चर्चित गायक दुर्गेस थापा आउने

ए वान डेस्क
११ फाल्गुन २०७७, मंगलवार १२:३१

ए वान डेस्क /

नेपालका चर्चित गायक दुर्गेस थापाले आज बारा आउने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्र १४ स्थित दुधौरा मैदानमा जारी दुधौरा महोत्सव २०७७ मा आफ्नो प्रस्तुती देखाउन थापा बारा आउने भएका हुन् ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जको आयोजनामा भईरहेको महोत्सवमा मोडल तथा चर्चित गायक थापाले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ । महोत्सवको अन्तिम दिन आज थापासहित चर्चित गायक सम्राट चौलागाई, गायक देवेन्द्र कार्की, गायक रमेश श्रेष्ठ मेलोडी, गायक सुशिल पौडेल, गायक अरुण पौडेल, गायक सनि सुनार, गायक ईश्वर पुडाशैनी लगायतले पनि आफ्नो प्रस्तुती देखाउने द लिडका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।

महोत्सवमा प्रदेश मिडिया प्रा.लि सिमरा सह आयोजक रहेको छ । माघ २९ गतदेखि शुरु भएको महोत्सव आज औपचारिक रुपमा समापन हुदैछ ।

महोत्सवमा नेपालका चर्चित राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*