सिमराका गणेश शाह ठकुरी बने खुकुरी मार्शलको अध्यक्ष

ए वान डेस्क
१६ फाल्गुन २०७७, आईतवार १८:०९

नेपाल केम्पो खुकुरी मार्शल आट्र्स जतिपुसिमरा उपमहानगरपालिकाको डोजो संघमा गणेश साहको अध्यक्षतामा ११ सदस्यिय समिति गठन भएको छ ।

साहको अध्यक्षतामा गठन भएको डोजो संघको जीतपुरसिमरा उपमहानगर उपाध्यक्षमा द्धय आशिष खड्का,सुवास कुवर, सचिवमा हेमन्त साह ठकुरी, कोषध्यक्षमा अजुर्न रसौली र सदस्यहरुमा रेश्मा साह,राजेश महत्व, मन्दिप तमाङ्ग,रोबन साह,ईन्द्र कंडेल, राजु बस्नेत लगायत रहेका छन् । आईतवार एक कार्यकम्रको आयोजना गरी जीतपुरसिमरा उपमहानगर भित्र सो समिति गठन भएको हो ।

सो समितिले डोजो संघको सल्लाहकार समितिमा शारदा पोखरेल, हरि थपलिया र दिपक कार्कीलाई चयन गरेको छ । नव गठित सो समितिले छिट्टै मार्सल आट्र्स सम्वन्धि कार्यकम्र गर्ने अध्यक्ष गणेश साहले जनाएका छन् । डोजो संघको केन्द्रिय उपाध्यक्ष दिल बहादुर लामा प्रमुख अतिथि रहेका सो कार्यकम्रमा केन्द्रिय सदस्य बिजय तिमिल्सिना बिशिष्ट अतिथि रहेका थिए भने डोजो संघका प्रदेश २ का उपाध्यक्ष युद्ध प्रसाद बझगाँईको अध्यक्षतामा सो कार्यकम्र सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*