चैत्र ३१ गतेदेखि ‘जीतपुरसिमरा गोल्डकप’ हुने

ए वान डेस्क /
मौफसलकै प्रतिष्ठित गोल्डकपको रुपमा चिनिएको जीतपुरसिमरा गोल्डकप २०७७ चैत्र ३१ गतेदेखि हुने भएको छ । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा सिमरा रंगशालामा हुने गोल्डकप बैशाख ११ गतेसम्म चल्नेछ ।
बाराको सिमरा स्थित सिमरा ईनमा आज आयोजित पत्रकार सम्मेलमा आयोजक क्लबले गोल्डकपबारे जानकारी दिएको हो । प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।
लामाका अनुसार प्रतियोगिताको बिजेताले सात लाख रुपैया र उप बिजेताले तिन लाख ५० हजार रुपैया पाउनेछ । यसबर्ष प्रतियोगिता सञ्चालन गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले २० लाख रुपैया सहयोग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामाले भन्नुभयो ‘हामीले यसबर्ष प्रायोजक राखेका छैनौ, तर प्रतियोगिता सञ्चालन गर्न जीतपुरसिमराले हामीलाई २० लाख रुपैया सहयोग गरेको छ’ । आयोजक क्लबले यसबर्ष पनि बिभिन्न बिधामा पुरस्कार प्रदान गर्नेछ ।
यसबर्षको प्रतियोगिता साझमा शुरु गरिने क्लबका शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।