भोलिदेखि हुने जीतपुरसिमरा गोल्डकपको सम्पुर्ण तयारी पुरा

ए वान डेस्क
३० चैत्र २०७७, सोमबार १०:२४

जीतपुरसिमरा गोल्डकप फुटवल प्रतियोगिताको ११ औं संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक नव जनजागृती युवा क्लब सिमराले आईतवार साझ पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सबै तैयारी पुरा भएको जानकारी गराएको छ ।

चैत्र ३१ गते मंगलवारबाट शुरुहुने यो प्रतियोगीता सिमरा रंगशालामा आगामी बैशाख ११ गतेसम्म संचालन हुने छ । १२ टिमको सहभागिता रहने यस प्रतियोगितामा नेपाली र विदेशी टिमको सहभागीता रहने आयोजक नव जन जागृति युवा क्लवका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभएको छ । नेपालका विभागिय टोली त्रिभुवन आर्मी फुटवल क्लव, सशस्त्र प्रहरी वल (एपिएफ), हिमालयन शेर्पा, संकटा क्लव लगायतका राष्ट्रिय एवं अफ्रिकन रुटस एसोसेशन क्यामरुन लगायतका टीमको सहभागिता रहने आयोजकले जनाएको छ ।

पहिलो पटक डे नाईट खेल हुन गइरहेको सिमरा गोल्डकपका लागि मैदानको स्तरोन्नती, फ्रड लाईट जडान तथा अन्य व्यवस्थापकिय सवै तयारी सकिएको अध्यक्ष लामाले जानकारी दिनुभएको छ । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।

पहिलो पटक डे नाईट खेल हुन गइरहेको सिमरा गोल्डकपका लागि मैदानको स्तरोन्नती, फ्रड लाईट जडान तथा अन्य व्यवस्थापकिय सवै तयारी सकिएको अध्यक्ष लामाले जानकारी दिए । विश्वकर्मा सिमेन्टको मुख्य प्रायोजनमा आयोजना हुन लागेको यस प्रतियोगितामा करीब रु ७० लाख ५५ हजार लागत अनुमान रहेको सो प्रतियोगिता सम्पन्न गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरी विशेष सहयोगी बनेको छ ।

त्यसैगरी अन्य सहयोगीहरूमा क्याल ग्रुप अफ इन्डस्ट्रिज, सूर्य नेपाल प्रालि, जगदम्बा स्टील्स प्रालि, हुलास स्टील्स, क्लासिक इन्डस्ट्रिज, विश्वकर्मा सिमेन्ट प्रालि, होटल तथा पर्यटन व्यवसायी सङ्घ बारा लगायत रहेका छन् । पत्रकार सम्मेलनको सहजीकरण क्लबका महासचिव शम्भु सिंह ठकुरीले गरेका थिए ।
सम्मेलनमा क्लबका संरक्षक जयराम दहाल, पुर्व अध्यक्ष कासिम मिया, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , प्रेस सम्योजक दिवाकर भण्डारी, खेलकुद पत्रकार संघका अध्यक्ष सुनिल गाउले , पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, अग्रज पत्रकार गोकुल घोरसाईने, रगशाला निर्माण समितिका धन बहादुर श्रेष्ठ, क्लबका पदाधिकारी सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*