जीतपुरसिमरा गोल्डकप : आज आर्मी र विरगञ्ज भिड्ने
ए वान डेस्क /
बाराको सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा आज त्रिभुवन आर्मी क्लब र विरगञ्ज युनाईटेड विरगञ्जबिच खेल हुदैछ । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा हिजोदेखि शुरु भएको प्रतियोगितामा आज आर्मी र विरगञ्ज भिड्न लागेका हुन् ।
दुई टिमबिचको खेल साझ ६ बजेदेखि शुरु हुने आयोजक समितिले जनाएको छ । यसअघि हिजो भएको उद्घाटन खेल आयोजक नव जनजागृती युवा क्लब विजयी भएको थियो ।
बागमती गाउपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजकले विजयी शुरुवात गरेको हो । डे नाईट सञ्चालन भएको प्रतियोगिता बैशाख ११ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।























