गोल्डकप अपडेट : आर्मी ४–१ ले विजयी
१ बैशाख २०७८, बुधबार २०:२७
ए वान डेस्क /
सिमरा रंगशालामा केहिबेर अघि सकिएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । विरगञ्ज युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मी विजयी भएको हो ।
आर्मीले पहिलो हाफअघि ३ गोल गरेको थियो भने दोस्रो हाफपछि १ गोल गरेको हो । यता, विरगञ्जले भने दोस्रो हाफपछि १ गोल गर्यो । भोलि भरतपुर र सर्लाहीबिच खेल हुनेछ ।
दुई टिमबिचको खेल साझ ६ बजेदेखि शुरु हुने आयोजक समितिले जनाएको छ ।























