विजय युथ जीतपुरसिमरा गोल्डकपको अन्तिम ८ मा

ए वान डेस्क
४ बैशाख २०७८, शनिबार ११:३०

विजय युथ क्लब हेटौडा विश्वकर्मा सिमेन्ट एघारौं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सिमरा रंगशालामा शुक्रबार साँझ सुदूरपश्चिम ११ धनगढीलाई २–० ले हराउँदै सातौं संस्करणको विजेता समेत रहेको विजय युथ अन्तिम आठमा पुगेको हो । सेमिफाइनलका लागि विजय युथले अब संकटा क्लबको सामना गर्नेछ ।

हेटौंडाको जितमा नवराज गुरुङ र विकास लामाले गोल गरे । खेलको १६ औं मिनटमा नवराजको गोलबाट हेटौडाले अग्रता लिएको थियो । खेलमा फर्कन संघर्ष गरेको सुदुरपश्चिमले अवसर बनाएपनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

७५ औँ मिनेटमा विकासले गोल गर्दै विजय युथलाई जिततर्फ अघि बढाएका थिए । सुदूरपश्चिमका सुनील धामीले हेटौंडाका सन्तबहादुर गुरुङलाई फाउल गरेपछि पाएको फ्रिकिकमा विकासले गोल गरेका थिए । झन्डै २५ यार्डबाट विकासको प्रहार सिधै गोलमा परिणत भएको थियो।
सुदूरपश्चिमले खेलमा केहि मौका पाउँदा पनि सदुपयोग गर्न सकेन । खेलको १८ औं मिनटमा विनोद केसीले पेनाल्टी बक्सबाट गरेको सशक्त प्रहार हेटौंडाका गोलकिपर अशोक बरालले रोके । ३६ औं मिनटमा सुनीलको क्रसमा शक्ति राइले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार अशोकले जोगाए ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा सुदूरपश्चिमका विनोद को क्रसमा बल शक्ति पेनाल्टी बक्समा सम्हाल्न नसक्दा गोल गर्ने अवसर चुक्यो । म्यान अफ दि म्याच घोषित हेटौंडाका नवराज गुरुङले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिबार हिमालयन शेर्पा क्लब र आयोजक नव जनजागृती सिमराबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पाले वाई पाएर सिधै क्वार्टरफाइनल खेल्दैछ । आयोजकले उद्घाटन खेलमा मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिलाई हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*