सिमरा प्रहरीको एक्सन : मास्क नलगाउने ५४ जना कारर्वाहीमा

ए वान डेस्क
१० बैशाख २०७८, शुक्रबार १६:२२

ए वान डेस्क /

ईलाका प्रहरी कार्यालय सिमराले मास्क नलगाउने ५४ जनालाई कारर्वाही गरेको छ । कारर्वाही स्वरुप प्रति व्यक्ति १०० रुपैया जरिवाना तिर्न लगाईएको प्रहरीले जनाएको छ ।

कोरोना माहामारीको समयमा बेवास्ता गर्दै सडकमा हिडडुल गर्नेे शर्वसाधारणलाई सिमरा प्रहरीले सचेत गराउनेदेखि जरिवाना तिराउनेसम्मको काम गर्दै आएको छ । पहिलो चरणमा ५ गतेदेखि ७ गतेसम्म माईकिङ गराएर शर्वसाधाराणलाई सचेत गराएको प्रहरीले ३५८ जनालाई सम्झाई बुझाई पठाएको छ । सिमरा प्रहरीले १५०० वटा मास्क पनि वितरण गरेको छ ।

‘हामीले ५, ६ र ७ गते माईकिङ गर्यौ, ७ र ८ होल्डिङ गरेर सम्झाई बुझाईसम्म गर्यौ’ प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले भन्नुभयो । सोही क्रममा ९ गतेदेखि मास्क नलगाउने शर्वसाधारणलाई कारर्वाहीको अभियान थालिएको श्रेष्ठले जानकारी दिनुभयो ।

जस अनुरुप ९ गते ३६ जनालाई र आज १० गते अहिलेसम्म १८ जनालाई जरिवाना तिराईएको श्रेष्ठले बताउनुभयो । पटक पटक सचेत र सजक रहन शर्वसाधारणलाई आग्रह गर्दै आईरहेको प्रहरीले एक्सन स्वरुप जरिवाना तिराउन लागेको हो ।

देश व्यापी अभियानलाई आत्मसाथ गर्दै ईलाका प्रहरी कार्यालय सिमराले पनि कोरोना सचेत अभियानलाई निरन्तर्ता दिएको श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*