गोल्डकप अपडेट : पहिलो हाफ सकियो, अहिलेसम्म ‘नो गोल’

ए वान डेस्क /
बाराको सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा अहिले संकटा क्लब काठमाण्डौ र अफ्रिकन रुट्सबिच फाईनल खेल चलिरहेको छ । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा भएको प्रतियोगितामा फाईनल खेलको पहिलो हाफ सकिएको छ ।
पहिलो हाफ सकिदासम्म दुवै टिमले गोल गर्न सकेका छैनन् । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनिरहेको खेल गोल रहित बराबरीमा चलिरहेको छ । खेलको दोस्रो हाफ अहिले केहिबेरमा शुरु हुनेछ ।