बारामा कहा कहा गठन भयो ‘वाईसीएल’ कमिटि ?

ए वान डेस्क
१३ बैशाख २०७८, सोमबार २१:१०

प्रदिप गौतम /

नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल फेरि सक्रिय भएको छ । नेकपा माओवादी केन्द्र ब्युतिएसंगै वाईसीएल पनि पुनः सक्रिय भएको हो ।

बारामा पनि वाईसीएललाई सक्रिय बनाउन बिभिन्न स्थानीय तहमा मातहतको कमिटि गठन गरिदैछ । जिल्ला, क्षेत्र हुदै प्रत्यक पालिका र वडामा वाईसीएल कमिटि गठन गर्ने क्रम जारी रहेको वाईसीएल बाराका संयोजक अर्जुन शर्मा अधिकारीले ए वान समाचार डटकमलाई जानकारी दिनुभयो ।

अहिलेसम्म बारामा कहा कहा गठन भयो वाईसीएल कमिटि ?

बाराको १६ वटै स्थानीय तहमा संयोजक र ईन्चार्ज चयन गरिएको छ । जिल्ला संयोजक शर्माका अनुसार १६ वटै पालिकामा संयोजक र ईन्चार्ज चयन गरिएको हो । जस अनुरुप कलैया उपमहानगरपालिकामा ४५ सदस्य वाईसीएल कमिटि गठन गरिएको छ । कलैयाको १७ वटा वडामा वाईसीएल कमिटि गठन गरिएको शर्माले बताउनुभयो ।

यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिकामा पनि ४५ सदस्य वाईसीएल कमिटि गठन गरिएको छ । संयोजक शर्माका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको ११ वटा वडाको भेला भईसकेको छ । सो भेलाबाट ३५ सदस्य कमिटि पनि गठन गरिएको छ ।

पर्सौनी गाउपालिकामा पनि ३५ सदस्य वाईसीएल कमिटि गठन गरिएको शर्माले बताउनुभयो । उहाका अनुसार पर्सानीको ७ वटा वडामा वाईसीएल कमिटि गठन गरिएको छ । निजगढमा भोलि कमिटि बिस्तार गरिदैछ ।

कुन कुन क्षेत्रमा को को भए संयोजक ?

बाराको चार वटै क्षेत्रमा वाईसीएल कमिटि गठन गरिएको छ । जस अनुसार क्षेत्र नम्बर १ मा बिसम सापकोटा, २ मा नवलकिशोर यादव, ३ मा अब्दुलेश मिया अंसारी र ४ मा कृष्ण शाही ठकुरी संयोजक चयन हुनुभएको छ ।

११ सदस्य प्रदेश कमिटि

योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको प्रदेश कमिटि पनि बिस्तार गरिएको छ । प्रदेश किमिटि ११ सदस्य बनाईएको बाराका संयोजक अजुर्न शर्मा अधिकारीले जानकारी दिनुभयो । कमिटिमा कृष्ण शाही ठकुरी, सोफि लामा, मुकेश साह, नुरुल होदा, सुभनाराण पटेल, भिखारी साह, अब्दुलेश मिया अंसारी, नवकिशोर यादव, सञ्जय साह, जर्नादन चौधरी र बिसम सापकोटा रहनुभएको छ ।

जीतपुरसिमरामा ४५ सदस्य कमिटि

जीतपुरसिमरा उपमहानगरपालिकामा पनि आज योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको नगर कमिटि गठन गरिएको छ । आज भएको नगर भेलाले राजेन्द्र रिजालको अध्यक्षतामा ४५ सदस्य नगर कमिटि गठन गरिएको जिल्ला संयोजक शर्माले जानकारी दिनुभयो ।

नगर संयोजक वाङा लामाको अध्यक्षतामा सम्पन्न नगर भेलामा नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको सञ्चालन क्षेत्र नम्बर ४ का संयोजक कृष्ण शाही ठकुरीले गर्नुभएको थियो ।

नव गठित पदाधिकारीहरुलाई जिल्ला संयोजक अर्जुन शर्माले सपथ खुवाउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*