मन्त्रिपरिषद् बैठक : ८ जिल्लामा निषेधाज्ञा
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै विभिन्न ८ जिल्लामा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यका अनुसार बाँके र सुर्खेतमा जिल्लाभरी लागू हुने गरी र बाग्लुङ, कालिकोट र बदिर्यामा आंशिकरुपमा निषेधाज्ञा लागू भएको छ । यस्तै काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले ग्रामिण क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेगरी निर्णय गरेको छ। हाल ९ बढी जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेको भएपनि निषेधाज्ञा वा लकडाउनको निर्णय ८ जिल्लामा भएको हो ।























