जीतपुरसिमरामा पुनः कोरोना अस्पताल सञ्चालन गर्न माग

ए वान डेस्क
१४ बैशाख २०७८, मंगलवार १५:०४

ए वान डेस्क /

युवा संघ नेपाल बाराले अस्थायी कोरोना अस्पताल पुनः सञ्चालन गर्न जीतपुरसिमरा उपमहानगरपालिकासंग माग गरेको छ । कार्यालयमै पुगेर नगर प्रमुख डा. कृष्ण पौडेललाई ज्ञापन पत्र बुझाउदै युवा संघ बाराले अस्थायी कोरोना अस्पताल पुनः सञ्चालन गर्न माग गरेको हो ।

कोरोना माहामारीको नियन्त्रण र रोकथाममा उपमहानगरपालिकाले चासो देखाउनुपर्ने भन्दै युवा संघ बाराले बिशेष ध्यान दिन आग्रह गरेको छ । ९ बुदे माग राख्दै ज्ञापन पत्रमार्फत उपमहानगरपालिकाको ध्यानाकष्र्ण गराएको युवा संघ बाराले पिसिआर टेष्ट शुरु गर्न भनेको छ ।

हेर्नुस् युवा संघ बाराको ज्ञापन पत्र ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*