कोरोना संक्रमणबाट अमलेखगञ्ज निवासी श्रेष्ठको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को वडा पार्टी कमिटी अध्यक्ष क.नागेन्द्र श्रेष्ठको निधन भएको छ । बाराको जीतपुरसिमरा उपमहनगरपालिका–२१ अमलेखगन्जका नेता श्रेष्ठको कोरोना संक्रमणबाट सोमबार विहान हेटौंडामा निधन भएको पार्टि जिल्ला अध्यक्ष श्रेष्ठ बहादुर श्रेष्ठ ‘अनिल’ ले जानकारी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जीतपुरसिमरा उपमहनगरपालिका वडा नं. २१ को वडा कमिटी अध्यक्ष श्रेष्ठको हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
घटनाप्रति दुःख व्यक्त
नेता श्रेष्ठको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बाराले दुःख व्यक्त गरेको छ । पार्टी जिल्ला अध्यक्ष श्रेष्ठ बहादुर श्रेष्ठ ‘अनिल’ ले श्रेष्ठको निधन भएको खबरले सिङो पार्टी पक्तिलाई स्तब्ध बनाएको बताएका छन् । ‘पार्टीले एउटा लगनशील सामाजिक कार्यकर्ता गुमाउनु परेकोमा ठुलो क्षति भएको छ’, अध्यक्ष श्रेष्ठले भने–हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल घर परिवारमा गहिरो समबेदना ब्यक्त गर्दछु ।’
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का विभिन्न तहका नेताहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली र समवेदना प्रकट गरेका छन् । प्रदेश कमिटी सदस्य राजन पौडलले उनको प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछु भनेर लेखेका छन् ।























