जीतपुरसिमरामा कोरोना : ‘१० रुपैया उठाएर हामी किन्छौ सिलिण्डर’

ए वान डेस्क
२१ बैशाख २०७८, मंगलवार २०:२६

ए वान डेस्क /

कोरोना महामारीको व्यवस्थापन गर्ने बिषयमा जीतपुरसिमरा उपमहानगरपालिकाले चासो नदेखाएको भन्दै सिमराका युवाहरुले बिशेष अभियान नै सञ्चालन गर्ने भएका छन् । अभियान स्वरुप युवाहरुले संक्रमणबाट बच्न र बचाउन अक्सिजन सिलिण्डर खरिद गर्न रकम संकलन गर्ने भएका हुन् ।

स्थानीय युवा समुह नामक युवाहरुको टोलिले अक्सिजनको सिलिण्डर खरिद गर्न प्रति व्यक्ति १० रुपैया उठाउन लागेका हुन् । स्थानीय युवा कृष्ण अधिकारीका अनुसार भोलिदेखि रकम संकल्न गर्न थालिनेछ ।

सिमराको रामजानकी मन्दिर अगाडी भोलिदेखि रकम संकल्न गरिने अधिकारीले जानकारी दिनुभयो । कोरोना महामाहारीको समयमा स्थानीय सरकारले यसको व्यवस्थापन गर्ने बिषयमा खासै चासा नदेखाएको भन्दै सिमराका युवाहरुले पटक पटक असन्तुष्टि जनाउदै आएका छन् ।

सम्बन्धीत निकायले महामाहारीको समयमा आफ्नो भुमिका निर्वाह नगरेकोले खबरदारी गर्न आफुहरुले यस्तो अभियान सञ्चालन गर्न लागेको स्थानीय युवा कृष्ण अधिकारीले बताउनुभयो । बाच्न पाउने आफुहरुको अधिकार भएकोभन्दै उहाले यसमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*