नगरबासीको आवश्यकताका योजना पहिलो प्राथमिकता : उपप्रमुख चौधरी

ए वान डेस्क
१८ असार २०७८, शुक्रबार ०९:५५

जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीले नगरबासीको आवश्यकताका योजनालाई नगरले प्राथमिकतामा राखेको बताएकी छिन् ।

उपमहानगरको बिकासका लागि छुट्याइएको बजेट रकमको सदुपयोग होस भन्ने हेतुले आर्थिक वर्षको अन्त्यमा काम हुन नसकेका योजनाको रकम नगरबासीको हितमा खर्चिएको बताईन् । वडाको सिफारिससहित नगरबासीबाट माग भई आएका योजनामध्येबाट अति आवश्यक योजनामा अहिले काम भईरहेको चौधरीको भनाई छ ।

अहिले नगरमा पुराना र नया दुबै योजनाको काम अन्तिम चरणमा छ । हामीले यो वर्षको बिकास निर्माणका काम केही दिनमा सक्दैछौÕ चौधरीले भनिन् काम हुन नसकेका पुराना केही योजनाको रकमलाई अन्य योजनामा रुपान्तरण गरेर पनि काम गरेका छौ । त्यसका लागि अति आवश्यक योजना छनौट गरेका छौ ।

अविरल बर्षाका कारण नगरबासीले खेप्नुपरेको सास्तीको विषयमा आफूहरु अवगत रहेको र ति समस्या समाधानका लागि आफूहरुले काम गरिरहेको उनले बताईन् । बर्षाले निम्त्याएको पानि निकासको समस्या, ढलको समस्या, हिलाम्य बाटोको समस्या, ससाना कल्भर्ट अभाव जस्ता समस्यालाई तत्काल सम्बोधन गर्न सकिने भएकाले उपमहानगरपालिका त्यसतर्फ लागेको चौधरीले बताईन् ।

Ôहामीले नगर र नगरबासीको हितमा सोचेर काम गर्दै आएका छौÕ चौधरीले भनिन् Ôआर्थिक वर्षको अन्त्यमा हतारमा काम गरेको भनेर गलत प्रचार भईरहेको पनि सुनेको छु । ति कुराहरु विकासलाई अवरोध पार्ने कुरा मात्रै हो । हामी हाम्रो काम गर्दैछौ । Õ

उपमहानगरपालिकाको बिकास निर्माणको कामले गति लिईरहेको अवस्थामा गलत र सुनियोजित प्रचारमा नलाग्न उनले नगरबासीलाई आग्रह गरिन् । Ôजनप्रतिनिधि र कर्मचारीको मनोबल घटाउने काम भईरहेको छ । त्यस्ता कुराको पछि नलाग्न आग्रह गर्दछु ।Õ

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले कर्मचारीका तर्फबाट भईरहेका कार्यसम्पादन सन्तोषजनक रहेको बताए । कोरोनाको समय र मौसमको प्रतिकुल अवस्थामा पनि कर्मचारीले निरन्तर नगरको बिकास निर्माणका योजनासहित अन्य कार्यसम्पादनमा महत्वपूर्ण भुमिका खेलेको बताए ।

पछिल्लो एक वर्षमा पनि नगरमा बिकासका गति लिएको उनको भनाई थियो । प्रत्येक वडामा स्वास्थ्य चौकी, प्रत्येक वडाको आफ्नै भवन, कृषी तथा दुग्ध सहकारीका भवन निर्माणलगायत थुप्रै योजनाका काम यसै वर्ष भईरहेको पोखरेलले बताए । Ôअन्य पालिकाभन्दा जीतपुरसिमरामा काम धेरै भएका छन् । नगरबासीले पनि आफै अनुभुति गरिरहनुभएको छÕ पोखरेलले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*