सिमरा प्रहरीद्धारा किर्ते पास बनाउने शाह पक्राउ

ए वान डेस्क
२४ असार २०७८, बिहीबार १९:०६

ए वान डेस्क /

ईलाका प्रहरी कार्यालय सिमराले किर्ते पास बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सवारी चेकजाचको क्रममा पथलैयाबाट राम लखन साहलाइ पक्राउ गरेको हो ।

जनकपुरबाट पोखराको लागी छुटेको बा५ख ८३१ नम्बरको यात्रुबहाक बसका सञ्चालक शाहलाई किर्ते पास बनाएको आरोपमा नियन्त्रणमा लिईएको सिमरा प्रहरीले जनाएको छ । जनकपुर उप–महानगरपालिका वडा न.२३ बस्ने शाहले जिल्ला प्रशासन कार्यालय धनुषाको छाप किर्ते गरी बस चलाउदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको प्रहरी स्रोतले जनाएको छ ।

प्रशासन कार्यालयको पत्र शंका लागि जिल्ला प्रशासन कार्यालय धनुषासंग समन्वय गर्दा शाहले किर्ते गरेको थाहा भएको प्रहरीले जनाएको छ । पक्राउ परेका शाहका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*