सिमरामा आजदेखि ‘साझा मार्ट’ खुल्दै , फ्रि डेलिभरीदेखि छुटसम्मको व्यवस्था
ए वान डेस्क /
बाराको सिमरामा आजदेखि साझा मार्ट सञ्चालनमा आउदैछन् । साझा मार्टको आज एक कार्यक्रमकाबिच उद्घाटन गर्ने कार्यक्रम छ । सिमराकाa सफल युवा व्यवसायी सुरेश के.सीको लगानीमा साझा मार्ट सञ्चालनमा आउन लागेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित रेल्वे लाईनमा रहेको छिमेकी माईक्रोफाईनान्स नजिकै सञ्चालनमा आउन लागेको साझा मार्टमा ओपेनिङको अवसरमा बिशेष छुट दिने तयारी गरिएको हो । ओपेनिङको अवसरमा आजदेखि साउन १६ गतेसम्म हरेक सामान खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक सुरेश के.सीले जानकारी दिनुभयो ।
सोच नया, प्रयोग नया भन्ने अभिप्रायका साथ सञ्चालन गरिएको मार्टले सिमरामा फ्रि होम डेलिभरीको पनि व्यवस्था गरेको छ । मार्टमा खाद्यान्न तथा पेय पदार्थ, दुग्धजन्य पदार्थ, FMCG प्रोडक्ट तथा बेकरीका सम्पुर्ण सामग्री पाईने सञ्चालक के.सीले बताउनुभयो ।























