संगालो साकोसकोे साधारणसभा भाद्र ५ गते हुने
ए वान डेस्क /
बाराको सिमरामा रहेको संगालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औ बार्षिक साधारणसभा यही भाद्र ५ गते हुने भएको छ । संस्थाको हिजो बसेको बैठकले १०औ बार्षिक साधारणसभा भाद्र ५ गते गर्ने निर्णय गरेको हो ।
२०७७/०७८ को आर्थिक विवरणको समिक्षा गर्दै साधारणसभा भब्य रुपमा सम्पन्न गर्ने निर्णय भएको संस्थाका अध्यक्ष शालिकराम अधिकारीले जानकारी दिनुभयो । भाद्र ५ गते शनिवार साधारणसभा गर्ने निर्णय भएको भन्दै अध्यक्ष अधिकारीले उपस्थितिका लागी सबैलाई अनुरोध गर्नुभयो ।























