१८ वर्षमाथि सबैले खाेप लगाएकाे पहिलाे जिल्ला बन्याे मनाङ

ए वान डेस्क
२० श्रावण २०७८, बुधबार ०९:५१

मनाङ जिल्लामा १८ वर्षमाथिका सबै नागरिकले कोरोना भाइरसविरुद्धको दुबै डोज खोप लगाएका छन् । यससँगै १८ वर्षमाथि सबैले खोप लगाएको पहिलो जिल्ला मनाङ बनेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका चार हजार १९८ जना नागरिकलाई खोप दिइएको छ । जसमध्ये १६५ जनाले मात्र कोभिसिल्डको दोस्रो डोज खोप लगाउन बाँकी रहेको छ ।

कार्यालयले जिल्ला बाहिरका नागरिकका लागि पनि खोप उपलब्ध गराउने व्यवस्था रहेको जनाएको छ ।

मनाङमा गत माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो ।

खोप लगाउन पाएसँगै मनाङका नागरिकले सुरक्षित महसुस गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*