वडा कार्यालयले औराहा युवा क्लबलाई दियो खेलकुद सामाग्री

ए वान डेस्क
२९ श्रावण २०७८, शुक्रबार १०:०४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले औराहा युवा क्लबलाई खेलकुद सामाग्री प्रदान गरेको छ । वडा कार्यालयले क्लबलाई १६ थान जर्सी, १६ थान बुट, २ थान ग्लोब्स र २ थान बल प्रदान गरेको हो ।

खेलाडीहरुको हौषला बृद्धि गर्न खेलकुद सामाग्री प्रदान गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सीले जानकारी दिनुभयो । खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्षसहित वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*