‘खसी कप’ प्रतियोगिता : अमलेखगञ्जलाई बकुलियाले हरायो

ए वान डेस्क
२९ श्रावण २०७८, शुक्रबार ११:००

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी कमल प्रेम स्मृती खसी कप फुटबल प्रतियोगितामा बकुलिया युवा क्लब विजयी भएको छ । सृजना टोलको खेल मैदानमा हिजो भएको चौथो खेलमा अमलेखगञ्ज क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै बकुलिया विजयी भएको हो ।

प्रतियोगितामा बकुलियाका गोल रक्षक म्यान अफ द म्याच घोषित भए । नव जन प्रगति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता भदौ ५ गतेसम्म चल्नेछ । प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्र्तगत आज पथलैया र डुमरवानाबिच खेल हुने आयोजक क्लबका अध्यक्ष उदय श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*