‘मृत्यु भएको’ १० घन्टापछि उठिन् ८३ वर्षकी महिला
![](https://www.a1samachar.com/wp-content/uploads/2021/08/grave_1582860484_lL6uw463jb.jpg)
युक्रेन– युक्रेनमा एक ८३ वर्षकी महिलालाई चिकित्सक तथा प्रहरीले मृत घोषणा गरेका थिए । तर, उनी १० घन्टापछि फेरि उठिन् र आफू जिउँदो भएको प्रमाणित गरन् । स्टिरजावका सहरमा रहने जिनिया एक रिटायर्ड नर्स हुन् । उनी स्टेज ३ कोमामा पुगेकी थिइन् ।
उनी बिरामी भएपछि उनको घरका सदस्यले उनलाई उपचार गराउन चिकित्सकलाई घरमा नै बोलाएका थिए । घरमा पुगेका चिकित्सकले उनलाई ठिक नहुने भन्दै अस्पताल नलैजान र घरमा नै आराम गर्न सुझाव दिए ।
चिकित्सक फर्किएको केही समयमा नै जिनियाले सास फेर्न छोडिन् । त्यसपछि परिवारले चिकित्सकका साथसाथै प्रहरीलाई पनि बोलाए । अनि उनीहरुले जिनिया अब जीवित नरहेको पुष्टि गरे ।
त्यसपछि प्रहरीले उनको अन्तिम संस्कारको प्रक्रिया पनि सुरु गरे । स्थानी अधिकारीहरुका अनुसार उनको डेथ सर्टिफिकेट पनि जारी गरियो ।
यो सब तयारी चलिरहँदा उनकी छोरीलाई चाहिँ एउटा घटनामा अलिक अनौठो लाग्यो । उनले आमाको शरीर तातो भएको भन्दै उनलाई अस्पताल लगियो । अस्पतालमा चिकित्सकले यस्तो घटना ३७ वर्षपछि आफूले देखेको बताएका छन् ।
जिनिया अब त ठिक भएकी छिन् । उनी उठेर हिँडडूल पनि गर्न सक्छिन् । जिनियाले आफू बेहोस भएको त्यो समयमा आफूले बाबुआमालाई भेटेको पनि बताएकी छिन् ।