जीतपुरसिमरामा अनेरास्ववियु क्रान्तिकारीको नगर कमिटि गठन

ए वान डेस्क /
अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिधार्थी यूनियन (क्रान्तिकारी) को पहिलो जीतपुरसिमरा उपमहानगरपालिका सम्मेलन आज सम्पन्न भएको छ । बाराको सिमरामा सम्पन्न यूनियनको सम्मेलनले ६५ सदस्यीय नगर कमिटि गठन गरेको हो ।
नव गठित कमिटिको अध्यक्षमा दिपेन्द्र यादव चयन हुनुभएको छ । कमिटिको उपाध्यक्षमा शर्मिला गौतम, शशिकान्त चौधरी, भवानी थापा, श्याम सुंदर पासवान, सचिवमा तोप बहादुर श्रेष्ठ (रवि), कोषाध्यक्षमा शुस्मा श्रेष्ठ र सह सचिमा आदित्य लम्साल, सुनिल शर्मा, दिलशाद आलम, रोशन घलान चयन हुनुभएको छ ।
यसअघि सम्मेलनको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रविकिरण यादवले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका प्रदेश २ का संयोजक सुर्य नारायण शाह, केन्द्रिय सदस्य प्रभाकर शाह, केन्द्रिय सदस्य सञ्जय कुमार महत्तो, अखिल क्रान्तिकारीका स्वयंसेवक बिभागका प्रदेश २ संयोजक ईस्क कुमार पासवान, नेकपा माओवादी केन्द्रका नेता राजन पौडेल, वडा नम्बर २२ का अध्यक्ष मणिकलाल थिङ, कार्यपालिका सदस्य शोभा कार्की, माओवादी केन्द्र बाराका जिल्ला कमिटि सदस्य रामचन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।