नगर सभापति गुप्ताले गरे शैक्षिक सामाग्री सहयोग

ए वान डेस्क
२१ भाद्र २०७८, सोमबार २०:२९

ए वान डेस्क /

नेपाली काग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताले शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । वडा नम्बर १४ स्थित जनता माद्ययमीक बिद्यालयमा अध्यनरत्त जेहेनदार बिद्यार्थीहरुलाई नगर सभापति गुप्ताले शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।

रजघट्टामा आज आयोजित एक कार्यक्रमकाबिच नगर सभापति गुप्ताले बिद्यालयको बिभिन्न कक्षामा अध्यनरत्त जेहेनदार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । बिद्यालयमा अध्यनरत्त बिद्यार्थीहरुको अभिभावकत्व समेत ग्रहण गर्दै आईरहनुभएका नगर सभापति गुप्ताले पोशाक, किताब, कलम लगायतका शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।

बिद्यालयमा अध्यनरत्त बिद्यार्थीहरु रेखा कुमारी महत्तो, बिना सढाई, बिकास महत्तो, बिनायक थिङ, बिपना लामा, पुकार थिङ, रोशन मोक्तान, रोकश चौधरी, खुस्बु चौधरी, रोहित उप्रेती र विपिल लोलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । नगरसभापति गुप्ताले प्रत्यक बर्ष जेहेनदार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्दै आईरहनुभएको छ ।

शैक्षिक सामाग्री हस्तान्तरणपछि बोल्दै नगर सभापति गुप्ताले सबै बालबालिका शिक्षाको पहुचसम्म पुग्नुपर्ने बताउनुभयो । बालबालिका भबिष्यको कर्णधार भएको भन्दै उहाले लगनशिल भएर अध्यन गर्न बिद्यार्थीहरलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*