पर्यटन प्रवद्र्धन गर्न प्रदेश २ को टोलि मुख्यमन्त्रीको नेतृत्वमा पोखरा जाने

ए वान डेस्क
२४ भाद्र २०७८, बिहीबार १२:४१

ए वान डेस्क /

कोरोनापछि ध्वस्त भएको पर्यटन गतिविधिलाई पुर्नउत्थान गर्न प्रदेश नम्बर २ को जम्बो टोलि पोखरा जाने भएको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा पोखरा जाने गरी नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस नाटा प्रदेश २ ले आन्तरीक तयारी अघि बढाएको छ ।

पोखरा भ्रमणको लागी नाटा गण्डकी प्रदेशले केहिदिन अघि मात्रै औपचारिक रुपमा निमन्त्रणा गरेको थियो । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले पोखरा भ्रमणका लागी औपचारिक पत्र नाटा प्रदेश २ का अध्यक्ष मोहन शर्मालाई दिनुभएको थियो । सो पत्र नाटा प्रदेश २ का अध्यक्ष शर्माले प्रदेश २ का मुख्यमन्त्री राउतलाई दिदै पोखरा भ्रमणको बिषयमा भेटघाट गर्नुभएको थियो ।

जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यालयमा भएको भेटमा अध्यक्ष शर्माले मुख्यमन्त्री राउतलाई पत्र पढेर सुनाउनुभएको थियो । पत्रको जवाफमा मुख्यमन्त्री राउतले पर्यटन प्रवद्र्धन एवं पुर्नउत्थानको निम्ति नाटाले आयोजना गर्न लागेको भ्रमणमा आफु सहभागि हुने बताउनुभयो । उपयुक्त समय निकालेर पोखरा भ्रमणको मिति तय गर्ने भन्दै उहाले पर्यटन प्रवद्र्धनको अभियानमा नाटाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

भेटमा प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साह सुडि, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, प्रदेश २ नीति तथा आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन नेपालका केन्द्रिय संयोजक युवराज लामा, नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरालाल गौतम लगायतको उपस्थिति रहेको थियो ।

यसैबिच, भेटमा पर्यटकीय गतिविधि बढाउन, भ्याक्सिन लगाय भारतीय पर्यटकहरूलाई आवागमन खुल्ला गर्नुपर्ने बिषयमा समेत मुख्यमन्त्री राउतसंग छलफल भएको छ । सबै ब्यवसायिहरु र सम्बन्धीत कर्मचारीहरुलाई भ्याक्सिन उपलब्ध गराउनुपर्ने र सिमरा–पोखरा हवाई उडानलाई निरन्तर्ता दिनुपर्ने बिषयमा पनि छलफल भएको नाटा प्रदेश २ का अध्यक्ष शर्माले बताउनुभयो । सिमरा–पोखरा उडानले निरन्तर्ता पाएपछि जनकपुर–पोखरा हवाई उडान समेत गर्न सकिने र जानकी र मुक्तिनाथ सर्किट उपयुक्त हुने बिषयमा पनि छलफल भएको उहाले बताउनुभयो ।

सोही अवसरमा प्रदेश २ का उद्योग, पर्यटन तथा बन मन्त्री रामनरेश रायसंग पनि टोलिले भेटघाट गरेको छ । मुख्यमन्त्रीकै कार्यालयमा भएको भेटमा मन्त्री रायले पर्यटन प्रवद्र्धनको अभियानमा जोडदार रुपले लाग्नुपर्ने बताउनुभयो । प्रदेश २ का पर्यटकीय स्थलहरुको पहिचान भईसकेकाले यसको प्रवद्र्धन र बिकासमा जोड दिनुपर्ने मन्त्री रायले बताउनुभयो । भेटमा टोलिले मन्त्री रायलाई पर्यटन परिषद वा बोर्डको गठन गरि कार्यबिधी र निर्देशिका बनाउन समेत आग्रह गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*