प्रथम डुमरवाना कपमा आज भक्तपुर फुटबल क्लब विजयी
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी प्रथम डुमरवाना कप नक आउट फुटबल प्रतियोगिता २०७८ मा आज भक्तपुर फुटबल क्लब विजयी भएको छ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा चारपाते खेल मैदानमा जारी प्रतियोगितामा विरगञ्ज युनाईटेड विरगञ्जलाई पराजित गर्दै भक्तपुर विजयी भएको हो ।
भक्तपुरले खेलको दोस्रो हाफले एक गोल गरेको थियो । प्रतियोगिता अन्र्तगत भोलि जनज्योति युवा क्लब र पर्सागढी युवा स्पोर्टस पर्साबिच खेल हुने आयोजक क्लबका अध्यक्ष आयोजक क्लबले जनाएको छ । दुई टिम बिचको खेल दिउसो ३ बजेदेखि शुरु हुने आयोजक क्लबका राकेश चौधरीले जानकारी दिनुभयो ।
असोज ६ गतेदेखि शुरु भएको प्रतियोगिता असोज १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको बिजेताले नगद ५१ हजार १ सय ११ रुपैया र उप बिजेताले २५ हजार १ सय ११ रुपैया पाउनेछन् ।























