न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्

ए वान डेस्क
५ कार्तिक २०७८, शुक्रबार १०:१९

न्यादी हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत २ लाख ९ हजार २५० जना सर्वसाधारणलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएकामा १३ हजार ९४६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख ४१ हजार १३८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

यस आइपीओ कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन परेको थियो । कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गरेको हो । यसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र निष्कासनकर्ता कम्पनी न्यादी हाइड्रोपावरको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ । आइपीओ नतिजाका लागि भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*