प्रेस सेन्टर बाराको प्रथम साधारण सभा चैत्र १८ गते हुने

ए वान डेस्क
३ चैत्र २०७९, शुक्रबार ०९:२७

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय शाखा बाराले आफनो प्रथम सधारण सभा चैत्र १८ गते गर्ने निणर्य गरेको छ । जिल्ला समन्वय शाखा बाराका अध्यक्ष रञ्जन यादबको अध्यक्षतामा बसेको बैठकले साताब्यापी बिभिन्न कार्यक्रम गरेर चैत्र १८ गते शनिबार सधारण सभा गर्ने निणर्य गरेको हो ।

बार्षिक उत्सवको अवसरमा संस्थाले १२ गते साता ब्यापी कार्यक्रमको उद्घाटन ,१३ गते बृद्धाश्रममा फलफुल बितरण ,१४ गते दलित बस्तीका बालबालिकालाई शैक्षिक सामग्री बितरण ,१५ गते खेलाडिहरुलाई खेलकुद सामग्री बितरण ,१६ गते ब्यवसायीहरुसँग अन्तरक्रिया , १७ गते रक्तदान कार्यक्रम र १८ गते अन्तिम दिन साता ब्यापी कार्यक्रमको समापन तथा सधारण सभा गर्ने निणर्य गरेको प्रेस सेन्टर नेपालको बारा जिल्ला उपाध्यक्ष प्रदिप गौतमले जानकारी दिनुभयो ।

सधारण सभामा संस्थाले पुर्ब जिल्ला अध्यक्षहरुलाई सम्मान ,युवा क्रियाशिल पत्रकारिता पुरस्कार बितरण तथा कोष स्थापना र दिवांगत पत्रकार रमेश पान्डेको प्रतिमा स्थापना गर्ने घोषणा लगायतको कार्यक्रम गर्ने प्रेस सेन्टर नेपाल जिल्ला समन्वय शाखा बाराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*