‘हामी नगरवासीको समस्याप्रति गंभिर छौ, देखिने गरी काम गर्दैछौ’ : नगर प्रमुख पौडेल

ए वान डेस्क
१२ चैत्र २०७९, आईतवार १६:५४

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले नगरवासीको समस्याप्रति आफु गंभिर रहेको बताउनुभएको छ । उपमहानगरपालिकाको कार्यालयमा आज आयोजित सञ्चारकर्मी भेटघाट कार्यक्रममा नगर प्रमुख पौडेलले नगरको चौतर्फि विकासमा आफु गंभिर भएर लागेको बताउनुभयो ।

भेटघाट कार्यक्रममा जीतपुरसिमराका सञ्चारर्कीहरुले नगरको बिभिन्न समस्याका बिषयमा जिज्ञासा राखेका थिए । सो क्रममा नगर प्रमुख पौडेलले नगरको समग्र विकास गर्न विशेष योजना बनाएर अघि बढ्नुे बताउनुभयो । उहाले देखिने गरी आफुले काम गरिरहेको बताउनुभयो । सञ्चारकर्मीहरुको जिज्ञासामा नगर प्रमुख पौडेलले नगरको विकासमा सबैले हातेमालो गर्न जरुरी रहेको बताउनुभयो ।

उहाले जीतपुरसिमरालाई पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । पर्सा राष्ट्रिय निकुञ्जसंग समन्वय गरेर यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आफुहरु लाग्ने भन्दै उहाले छिट्टै योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नगरवासीको समस्याप्रति नगर गंभिर भएर अघि बढिरहेको बताउनुभयो । उहाले करको दर भन्दा दायर बढाउने तयारीमा आफुहरु लागेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*