लायन्स क्लब अफ अमलेखगञ्जको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा लायन्स क्लब अफ अमलेखगञ्जले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड अमलेखगञ्जको सहयोगमा लायन्स क्लबले शिविरको आयोजना गरेको हो ।
शिविरमा करिब एक सय ५० जनाको निशुल्क स्वास्थ परिक्षण गरिएको लायन्स क्लब अफ अमलेखगञ्जका अध्यक्ष विनय साहले जानकारी दिनुभयो । वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुन्दरकुमार श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सकले बिरामी स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा स्वास्थ परिक्षण गरिएका बिरामीलाई निशुल्क औषधि समेत वितरण गरिएको अध्यक्ष साहले बताउनुभयो ।























