चौथो बकुलिया गोल्डकप : एपिएफ पिलुवा फाईनलमा, उपाधीका लागी आयोजकसंग भिड्ने

ए वान डेस्क
२८ बैशाख २०८०, बिहीबार २१:०४

ए वान डेस्क /

सशस्त्र प्रहरीको एपिएफ पिलुवा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा जारी चौथो बकुलिया भवानिपुर गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । बकुलिया खेल मैदानमा आज भएको अन्तिम सेमिफाईनल खेलमा विरगञ्ज युनाईटेडलाई पराजित गर्दै एपिएफ फाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा एपिएफ पिलुवाले विरगञ्ज युनाईटेडलाई ४–३ गोल अन्तरले पराजित गरेको थियो ।

उपाधीका लागी अब एपिएफ पिलुवाले आयोजक बकुलियासंग भिड्नेछ । हिजो भएको पहिलो सेमिफाईनल खेलमा गोल बजार सिराहालाई १–० गोल अन्तरले पराजित गदै आयोजक बकुलिया यसअघि नै फाईनलमा गरिसकेको छ । उपाधीका लागी बैशाख ३० गते दुई टिमबिच फाईनल खेल हुनेछ ।

नव जनकल्याणकारी क्लब बकुलिया भवानिपुरको आयोजनामा बैशाख २३ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार रुपैया र उप बिजेताले नगद ७५ हजार रुपैया प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*