अत्याधिक गर्मिका कारण बाराको जनजिवन प्रभावित

फाईल फोटो
ए वान डेस्क
३ असार २०८०, आईतवार ०९:०३

ए वान डेस्क /

अत्याधिक गर्मीका बाराको जनजीवन निकै कष्टकर बन्दै गएको छ । जेठको पहिलो सातादेखि सुरु भएको गर्मीले सर्वसाधरणको दैनिकी नै अस्तव्यस्त भएको छ । गर्मीसंगै चल्ने तातो हावाका कारण लु को जोखिम समेत उत्तिकै छ । अत्यधिक बढेको गर्मीको कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरु यसबाट बढि प्रभावित भएका छन् ।

अत्याधिक गर्मीका कारण शैक्षिक संस्था, बजार, सरकारी तथा निजी कार्यालय, संघ संस्थाहरुको कामकाज नराम्ररी प्रभावित भएको छ । बिहानदेखि साँझसम्म एकनासे चर्को घामबाट सर्वसाधरण आजित बनेका छन् । सामान्यतया जेठ महिनामा ३०–३५ डिग्री तापक्रम रहने गरेकोमा यो वर्ष ४०–४५ डिग्रीसम्म पुग्ने गरेको छ । यती धेरै गर्मी पहिलो पटक अनुभव गरेको स्थानीयको अनुभव छ ।

प्रचण्ड गर्मीको कारण विद्यार्थीको पढाइमा पनि समस्या देखिएको छ । यहाका विद्यालयहरुले गर्मीका कारण एक सातासम्म विदा दिएका थिए । गत सातादेखि भने अधिकांश विद्यालयले बिहानको पढाइ सुरु गरेका छन् । किसानहरुले खेतबारीमा लगाइएका बालीनाली चर्को घामले सुक्न थालेका छन् । गर्मीले गर्दा सर्वसाधरण घर बाहिर ननिस्कने हुँदा व्यापार व्यवसाय पनि चौपट भएको व्यापारीको गुनासो छ ।

गर्मीको कारण अस्पतालहरुमा पनि बिरामीहरुको चाप बढेको छ । सबै बालकदेखि वृद्ध उमेर समुहका मानिसहरु गर्मीका कारण बिरामी पर्न थालेपछि अस्पतालमा समेत बिरामीको चाप बढेको चिकित्सकको भनाइ छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, अत्यधिक चिसो हुने गरेको विज्ञहरुले बताउने गरेका छन् । विश्वमा बढेका उद्योग धन्दादेखि विभिन्न उत्पादनहरुले उत्सर्जन गर्ने कार्बन लगायतका हानीकारण ग्यासका कारण प्राकृतिक रुपमा समस्या निम्तिन थालेको बताइन्छ । यसपटक गएका वर्षभन्दा धेरै तापक्रम मापन गरिएको बताइएको छ । यो वर्ष अत्यधिक गर्मी बढेको छ । वातावरण विनास रोक्न सकेमा मात्रै पनि राहत मिल्ने जानकारहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*