दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता : बाराको विजयी शुरुवात
सिमरा
बारा जिल्ला फुटबल संघले दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता २०८० मा विजयी शुरुवात गरेको छ । सिमरा रंगशालामा आज भएको उद्घाटन खेलमा पर्सा जिल्ला फुटबल संघलाई ट्राईबेकरमा पराजित गर्दै बाराले विजयी शुरुवात गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । रोमाञ्चक अनि प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफअघि दबाबमा खेल खेलेको बाराले दोश्रो हाफपछि भने खेलमा सुधार गरेको थियो ।
पहिलो हाफअघिसम्म पर्साले राम्रो प्रर्दशन गरेको थियो । तर दोश्रो हाफको शुरुवाती समयदेखि नै बाराको सुधारिएको खेलले कुनै नतिजा निकाल्न दिएन् । ट्राईबेकरमा बाराले पर्सालाई ५–४ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिता अन्र्तगत बारा जिल्ला फुटबल संघका गोलरक्षक युनेश चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई एन्फाका केन्द्रिय उपाध्यक्ष दावा लामाले नगद २५०० सहित म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।
मधेश प्रदेश फुटबल संघको आयोजनामा आजदेखि शुरु भएको प्रतियोगिता अन्र्तगत भोलि दुई वटा खेल हुनेछ । प्रतियोगिता अन्र्तगत भोलि दिउसो ४ बजे सिराहा र सप्तरीबिच पहिलो खेल हुनेछ भने साझ ६ बजे धनुषा र रौतहटबिच दोश्रो खेल हुने आयोजक मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले जानकारी दिनुभयो ।























