जीतपुरसिमरामा अब आफुखुशी निजी जग्गाको ढुंगामाटो बेचबिखन गर्न नपाइने

ए वान डेस्क
८ श्रावण २०८०, सोमबार १८:३२

जीतपुरसिमरा उपमहानगरपालीकामा अब आफुखुशी निजी जग्गाको ढुंगा, माटो तथा वालुवा उत्खखन गरी बेचबिखन गर्न नपाइने भएको छ ।

जीतपुरसिमराले सुचना जारी गरी कसैले आफुनो निजी वा हकभोगमा रहेको जग्गाको माटो, बालुवा वा ढुंगा उत्खनन् गरी बेचबिखन गर्नुपरे उपमहानगरलाई सुचना दिई प्राविधिक जाँचपास गराई राजस्व बुझाउनुपर्ने भएको छ ।

आर्थिक ऐन २०८० को अनुसुची १४ मा तोकिएको उक्त परिणामको राजश्व तिरेर मात्रै व्यवसायिक रुपमा बेचबिखन गर्न पाइने भएको हो । कसैले आर्थिक ऐन विपरित उपमहानगरलाई जानकारी नदिई सो कार्य गरे जरीवाना तिनुपर्ने व्यवस्था आर्थिक ऐनमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*