अमाडारमा शुरु भयो फुटबल प्रतियोगिता, आज सानो अमाडार विजयी
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ स्थित अमाडारमा सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । अमाडारको खेल मैदानमा शनिवारदेखि शुरु भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।
साउन १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता नगद १० हजार र उप बिजेताले नगद ५ हजार रुपैया पाउने प्रतियोगिता मुल आयोजक समितिका अध्यक्ष गणेश चौधरीले बताउनुभयो । प्रतियोगिता अन्र्तगत आज भएको खेलमा सानो अमाडार विजयी भएको छ ।
वडा नम्बर ८ को ईमिलिपति टिमलाई १–० गोल अन्तरले पराजित गर्दै सानो अमाडारले विजयी शुरुवात गरेको हो । प्रतियोगिता अन्र्तगत साना अमाडारका उत्तम चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक समितिका अध्यक्ष गणेश चौधरीले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।
यसअघि हिजो भएको उद्घाटन खेलमा सानो पोतालाई १–० गोल अन्तरले पराजित गर्दै श्रीपुर विजयी भएको थियो । प्रतियोगिताको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल साहले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै वडा अध्यक्ष साहले प्रतियोगिताको लागी आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । आयोजक समितिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो ।























