सम्पती विवरण बुझाउन शिक्षक र कर्मचारीलाई जीतपुरसिमराको पत्र
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाले सम्पती विवरण बुझाउन सामुदायिक बिद्यालयका शिक्षक र कर्मचारीलाई सुचना जारी गरेको छ । उपमहानगरपालिकाले एक सुचना जारी गर्दै समयमै सम्पती विवरण बुझाउन शिक्षक र कर्मचारीलाई भनेको हो ।
सामुदायिक बिद्यालयमा कार्यरत्त शिक्षक र कर्मचारीले आर्थिक बर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पती वा सो को श्रोत अध्यावधिक गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । सोही कानुनी प्रावधान अनुसार स्थायी शिक्षकहरुले आफ्नो सम्पती विवरण राष्ट्रिय शिक्षक कितावखाना र अस्थायी, करार, राहत तथा शिक्षण सिकाईमा अनुदानमा कार्यरत्त शिक्षक, बिद्यालय कर्मचारी तथा बालबालिका सहजकर्ताहरुले उपमहानगरपालिकामा पेश गर्नुपर्ने शिक्षा शाखा प्रमुख हरिश भट्टले जानकारी दिनुभयो ।
शिक्षा प्रमुख भट्टले भदौ ११ गतेभित्र विवरण बुझाईसक्न शिक्षक र कर्मचारीलाई आग्रह गर्नुभयो ।
यस्तो छ उपमहानगरको पत्र
























