नेरामावि सिमरालाई सिमरा फाउण्डेशनको सहयोग

ए वान डेस्क
३१ श्रावण २०८०, बुधबार ०९:२६

ए वान डेस्क /

लामो समयदेखि सामाजिक क्ष्ँेत्रमा सक्रिय सिमरा फाउण्डेशन सिमराले नेरामावि सिमरालाई १५ थान जर्सि वितरण गरेको छ । एक कार्यक्रमकाबिच फाउण्डेशनले बिद्यालयका १५ खेलाडी बालबालिकालाई जर्सि सेट वितरण गरेको हो ।

कार्यक्रमकाबिच सिमरा फाउन्डेसनका अध्यक्ष आरिफ हुसेन, उपाध्यक्ष सोमलाल बोम्जन र सचिव त्रिलोक विक्रम साहले संयुक्त रुपमा जर्सी वितरण गर्नुभएको हो । सो अवसरमा कार्यक्रममा बोल्दै सचिव साहले सामाजिक क्ष्ँेत्रमा सिमरा फाउण्डेशनको सक्रियता कायमै रहने बताउनुभयो ।

विद्यार्थीहरुलााई खेल क्षेत्रमा आकर्षित गरी अनुसासनको दायरालाई बलियो बनाउन आगामी दिनमा समेत फाउन्डेसनले सहकार्य गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*