थानेश्वर सापकोटाको अध्यक्षतामा प्रेस चौतारी बाराको नयाँ नेतृत्व चयन

ए वान डेस्क
३ फाल्गुन २०८१, शनिबार १८:४७

प्रेस चौतारी बाराको छैठौं जिल्ला अधिवेशन शनिवार निजगढस्थित गणेशमान पार्क मोहरीमा सम्पन्न भएको छ ।

अधिवेशनले निजगढका पत्रकार थानेश्वर सापकोटाको नेतृत्वमा सर्वसम्मत २१ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको छ । सापकोटा निजगढबाट प्रकाशन हुने फास्ट ट्रयाक साप्ताहिक पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक हुन् ।

नवगठित कार्य समितीको उपाध्यक्षमा जिउत प्रसाद यादव, समावेशी उपाध्यक्षमा निलीशा बर्मा, सचिबमा श्याम गुप्ता, सहसचिवमा धिरेन्द्र तिवारी, समावेशी सहसचिवमा बुधन चौधरी र कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना चयन भएका छन् ।

यसैगरी कार्यसमिती सदस्यहरुमा तुलसा घिमीरे, विपिन अधिकारी, मनोज उपाध्याय, मनोज साह, भवानी सुवेदी, प्रवेश चौधरी, रोशन गुप्ता, अनिलप्रित चौधरी, विशाल तिमल्सिना, अजित कोइराला, सुशीला रेग्मी, भोलाप्रसाद पौडेल, इन्दिरा चौधरी र आदित्य मिश्र चयन भएका छन् ।

अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधीहरु समेत सर्वसम्मत चयन गरेको छ । प्रदेश प्रतिनिधीमा चौतारी बाराका निवर्तमान अध्यक्ष दिवाकर भण्डारी, राधेश्याम पटेल, तुलसा घिमिरे र शम्भु महतो चयन भएका छन् ।

यस्तै केन्द्रिय प्रतिनिधिमा पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी सहित गोकुल घोरासैनी, निलिशा बर्मा र इन्दिप कोइराला चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*