मधेशलाई चिनाउने लक्ष्यसहित अन्तरप्रदेशीय पर्यटन भ्रमण अभियान सुरु

ए वान डेस्क
१० जेष्ठ २०८३, आईतवार ०७:१५

मधेश प्रदेशलाई राष्ट्रिय तथा अन्तरप्रदेशीय स्तरमा चिनाउने उद्देश्यले अन्तरप्रदेशीय पर्यटन सहकार्य तथा पर्यटन विकासका सम्भावनाबारे विशेष अन्तरक्रिया कार्यक्रम अन्तर्गत भ्रमण अभियान सुरु गरिएको छ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको आयोजनामा सुरु भएको यस अभियानको पहिलो दिन टोली बन्दीपुर पुगेको थियो। प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण बन्दीपुरमा सहभागीहरूले अवलोकन गर्दै पर्यटन सम्भावनाबारे अध्ययन गरेका थिए।

त्यसैगरी टोलीले ऐतिहासिक गोरखा दरबारको भ्रमण समेत गरेको छ। नेपालको एक महत्वपूर्ण ऐतिहासिक धरोहरका रूपमा रहेको गोरखा दरबार अवलोकन गर्दै पर्यटन प्रवर्द्धनका विविध पक्षबारे छलफल गरिएको आयोजकले जनाएको छ।

मधेश प्रदेशको पर्यटन प्रवर्द्धन गर्दै अन्य प्रदेशसँग सहकार्य विस्तार गर्ने लक्ष्यसहित आयोजना गरिएको यस भ्रमणले आगामी दिनमा पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*