एसईई परीक्षा चैत ८ देखि (तालिकासहित)

ए वान डेस्क
५ पुष २०७४, बुधबार १८:१२

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत आठ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा सञ्चालन हुने भएको छ।

चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्धितिय विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। बोर्डले संस्कृत तथा प्राविधिक धारका विषयहरुको परीक्षा पनि चैत आठ गतेदेखि २० गतेसम्ममा सम्पन्न गर्नेगरी तालिका सार्वजनिक गरेको छ।

SEE_Routine_074

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*