नायव महान्यायधिवक्ता नेतृत्वको टोलि किन आयो सिमरा ?

ए वान डेस्क
१६ पुष २०७४, आईतवार १७:२४

ऐ वान डेस्क
नायव महान्यायधिवक्ता बद्री प्रसाद गौतम नेतृत्वको टोलिले आज ईलाका प्रहरी कार्यालय सिमराको निरीक्षण गरेको छ । आज दिउसो गौतम नेतृत्वको टोलिले ईलाका प्रहरी कार्यालय सिमराको हिरासतमा रहेका अभियुक्तहरु संग सोधपुछ गरेको छ । हिरासतमा रहेका अभियुक्तको अवस्था लगायतका बिषयमा सोधपुछ गरिसकेपछि टोलिले अनुसन्धानका प्रकारका बिषयमा छलफल गरेको छ ।

छलफलपछि टोलिले आवश्यक निर्देशन दिएको ईलाका प्रहरी कार्यालय सिमराद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । छलफलमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्ट लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*