कलैया उप–महानगरपालिकाद्धारा ९१ करोड बजेट बिनियोजन
आर्थिक वर्ष २०७४/०७५ को लागि कलैया उपमहानगरपालिकाले प्रथम नगरसभाबाट का लागि ९१ करोड ३२ लाख ४६ हजार २सय ५ रुपैयाको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिका कार्यालयले प्रस्तुत गरेको बजेटमा आय तर्फ सरकारको अनुदान तर्फ ४६ करोड १४ लाख, आन्तरिक श्रोतबाट तीन करोड ७२ लाख, नेपाल सरकारको अनुदान विषयगत कार्यालय तर्फ २२ करोड २९ लाख रहेको छ।
विनियोजित गरिएको व्यय तर्फको बजेटमा चालु खर्च तर्फ छ करोड ७७ लाख, सामाजिक सुरक्षा र पोषण भत्ता तर्फ १५ करोड २५ लाख र विषयगत कार्यालय तर्फ २२ करोड २९ लाख विनियोजित गरिएको छ । त्यसै गरि शिक्षा तर्फ १५ करोड ७ लाख ६८ हजार ,स्वास्थ्य तर्फ ५ करोड २२ लाख ४ हजार र कृषि तर्फ १ करोड ३९ लाख ४४ हजार बजेट, विनीयोजन गरेको छ ।
























