समाचार प्रभाव : सिमराको एयरर्पोट रोडमा ठुला सवारी सञ्चालनमा रोक

ए वान डेस्क
२९ पुष २०७४, शनिबार १७:४१

ए वान डेस्क /

सिमराको एयरर्पोट रोडमा ठुला सवारी सञ्चालनमा रोक लगाईएको छ । ठुला सवारीका कारण सिमराको एयरर्पोट रोडमा दुर्घटनाको सम्भावना बढेको समाचार ए वान समाचारबाट प्रकाशित भएपछि ईलाका प्रहरी कार्यालय सिमराले ठुला सवारी सञ्चालनमा रोक लगाएको हो ।

सिमराको मुख्य चोकदेखि एयरर्पोट गेटसम्म आवत जावत गर्ने ठुला सवारी साधनका कारण दुर्घटनाको जोखिम बढ्दै गएपछि प्रहरीले साझ र बिहानको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो । यसअघि बिशेष गरी साझको समयमा एयरर्पोट रोडमा टिपर, बस लगायतका ठुला सवारी आवात जावत गर्ने गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*