स्वार्थ भन्दा माथि उठेर काम गरेमा मात्र विकास हुन्छ : ज्वाला शाह
प्रदेशसभा सदस्य ज्वाला शाहले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर विकास निमार्णको काममा सहभागी हुन आग्रह गर्नुभएको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको डुमरवानामा रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दे प्रदेशसभा सदस्य शाहले विकास निमार्णको काममा एकजुट भएर लाग्न सबैलाई आग्रह गर्नुभयो ।
उहाले ग्रामिण भेगमा रहेका महिलाहरुको जिवनस्तरमा सुधार ल्याउने बताउनुभयो । सरकारले ग्रामिण क्षेत्रमा पनि बिशेष प्याकेज ल्याउनुपर्ने भन्दै उहाले युवाहरुलाई बिदेश पलायन हुन नदिन सरकार बेलैमा सचेत हुनुपर्ने बताउनुभयो ।
संस्थाले महिलाहरुलाई बिशेष प्राथमिक्ता दिएको भन्दै उहाले संस्थाले गरेका कामको प्रशंसा गर्नुभयो । सोही अवसरमा उहाले प्रदेशसभा निर्वाचनमा आफुलाई विजयी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले समृद्ध उप–महानगरपालिका बनाउन सहकारी क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाले विकास निमार्णको काममा सबैको समान सहभागीता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उप–मेयर सरस्वती चौधरी, बारा जिल्ला बचत संघका अध्यक्ष सतेन्द्र ठाकुर, वडा अध्यक्षहरु रामशरण बर्तौला, रामप्रसाद लामिछाने, केदार बजगाई, कार्यपालिका सदस्य सुन्दर सुनार, डुमरवाना कलेजका कलेज प्रमुख राधेश्याम सिवाकोटि, सहायक कलेज प्रमुख किशोर शर्मा, जनता माविका प्राचार्य पशुपति घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमकाबिच बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाले उत्कृष्ट बचत कर्तातर्फ राधा ढकाल, उत्कृष्ट दैनिक बचतकर्ता अमृत जंग महत्तो, उत्कृष्ट कारोबार कर्ता गिता कुमारी कार्की, जेष्ठ नागरीकतर्फ नारायण प्रसाद अर्याल र उत्कृष्ट कर्मचारीतर्फ लक्ष्मी भण्डारीलाई सम्मान गरेको थियो ।
यसैबिच, संस्थाले सामाजिक गतिविधिमा सक्रिय भुमिका निर्वाह गरेको भन्दै समाजसेवी नारायण क्षेत्री र शिव बिहारी रायलाई सम्मान गरेको थियो । दुवै जना तत्कालिन गाविस अध्यक्ष हुन् । कार्यक्रम संस्थाका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी नेपालीले गर्नुभएको थियो ।
























