‘बकुलियाबाट ११ हजार भोल्टको बिद्युत्त लैजान पाईदैन्’

ए वान डेस्क
३ माघ २०७४, बुधबार १६:३६

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ५ बकुलियाबाट ११ हजार भोल्टेजको बिद्युत्त उद्योगमा लगिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । असुरक्षित तरिकारले मानववस्ति बिचबाट उद्योगमा बिद्युत्त लगिएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

उद्योग सञ्चालनका लागी दुधौरा खोला नजिकै रहेको एडभान्स सिमेन्ट उत्पादक कम्पनी अरनिको सिमेन्टले बकुलियाबाट बिद्युत्त लागेको छ ।

के भन्छन् स्थानीय ?
स्थानीयले सुरक्षित तरिकारले बिद्युत्त लैजान उद्योग प्रशासनलाई आग्रह गरेका छन् । ‘उद्योगमा यहाबाट असुरक्षित तरिकारले बिद्युत्त लगिएको छ, यसले गर्दा समय समयमा आगोको झिल्को खस्ने गरेको छ’ बकुलियाका एक शिक्षकले बताए । उद्योगले आफुहरुको जिवनसंग खेलवाड गरेको उनले आरोप लगाए ।

जनताको पक्षमा वडा अध्यक्ष

वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीले सुरक्षा अपनाएर बिद्युत्त लैजान उद्योग प्रशासनलाई सुझाव दिएका छन् । मानववस्ती बिचबाट बिद्युत्त लगिदा सुरक्षा खतरा बढेको चौधरीले बताउनुभयो ।

ए वान समाचारसंग कुरागर्दे चौधरीले भने ‘हामीलाई उद्योगपनि चाहिन्छ अनि जनतापनि, त्यसकारण सुरक्षित तरिकारले बिद्युत्त लैजान म उद्योग प्रशासनलाई आग्रह गर्न चाहन्छु’ ।

यस्तो थियो वडा अध्यक्षको ३ बुदे प्रस्ताव

वडा नम्बर ५ का वडा अध्यक्ष चौधरीले जिल्ला प्रशासन कार्यालय बारामा भएको वार्तामा ३ बुदे प्रस्ताव अघि सारेका थिए । ‘प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरको बिशेष उपस्थितिमा बसेको बैठकमा मैले मानव बस्तीबाट बिद्युत्त लैजान, केवल हाल्न र बिद्युत्त अन्डर ग्राउण्ड गर्न उद्योग प्रशासनलाई आग्रह गरेको थिए, तर यस बिषयमा उद्योग प्रशासनले कुनैपनि प्रस्ताव मानेन्’ वडा अध्यक्ष चौधरीले भन्नुभयो ।

मेयर साब के भन्छन् ?

बिद्युत्त समस्याबारे हामीले जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलसंग बुझ्ने प्रयास गरेपनि उहाको मोबाईलमा सम्पर्क हुन सकेन् । यता, वडा अध्यक्ष चौधरीले आफुले मेयर पौडेललाई जानकारी गराएपछि बेवास्ता गरेको बताउनुभयो ।

‘उहालाई मैले यस बिषयमा एक पटक बसेर कुरा गरौ भनेको हो , तर कहिले उहा मिटिङ भन्नु हुन्छ त कहिले के भन्नुहुन्छ, उहाले यस बिषयमा खासै चासो दिनुभएको मैले पाएको छैन्’ चौधरीले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*