आज सोनाम ल्होसार पर्व मनाईंदै, बारामा विशेष कार्यक्रम
ए वान डेस्क /
तामाङ समुदायले आज सोनाम ल्होसार पर्व अर्थात नया वर्ष मनाईरहेका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश गरेको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने परम्परा रहेको छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ । ल्होसारका१२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक मानिन्छ । यसअवसरमा आज बारामा बिशेष कार्यक्रम गरिदैछ ।
सोनाम ल्होसारको अवसरमा जिल्लाको बिभिन्न स्थानमा आज बिशेष संस्कृतिक कार्यक्रम गरिदैछ । जीतपुरसिमरा उप–महानगरपालिकाको डुमरवानामा पनि अहिले दिउसो ३ बजेपछि सास्कृतिक कार्यक्रम हुदैछ ।
डुमरवानाका तामाङ समुदायले सास्कृतिक कार्यक्रमको आयोजना गरेका डुमरवानाबाट सञ्चारकर्मी बिदुर खड्काले जानकारी दिनुभयो ।
























