सिमरा खानेपानीको निर्वाचन भोलि, सम्पुर्ण तयारी पुरा
ए वान डेस्क /
बाराको सिमरामा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नया कार्यसमिति चयन गर्न भोलि निर्वाचन हुदैछ । भोलि बिहान ८ बजेदेखि शुरु हुने निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ ।
ए वान समाचारसंग कुरागर्दे मुख्य निर्वाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीले भन्नुभयो ‘निर्वाचनको सबै तयारी पुरा भईसकेको छ, हामीले लाईनको व्यवस्था साथै अन्य सबै तयारी गरिसकेका छौ’ । सहज रुपमा मतदान गर्न पुरुष र महिलाका लागी छुट्टा छुट्टै लाईनको व्यवस्था गरिएको भन्दै मतदानगर्न ३ वटा मतपेटिका राखिएको उहाले बताउनुभयो ।
क्षेत्रीका अनुसार भोली अपराहन्न ४ बजेसम्म मतदान चल्नेछ । निर्वाचनमा २२ सय ४९ जनाले मतदान गर्नेछन् ।
मतगणना पनि भोलि
मुख्य निर्वाचन अधिकृत क्षेत्रीका अनुसार मतगणना भोलि नै हुनेछ । ‘अपराहन्न ४ बजेसम्म हामी मतदान गर्नेछौ, साझ ६ बजेदेखि भने हामीले मतगणना गर्ने तयारी गरेका छौ’ क्षेत्रीले भन्नुभयो ।
























