सिमरा खानेपानीको मतपरिणाम शार्वजनीक, काशिम हुसेन अध्यक्षमा निर्वाचित
ए वान डेस्क /
सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितको अध्यक्षमा काशिम हुसेन निर्वाचित हुनुभएको छ । केहिबेर अघि शार्वजनीक भएको मतपरिणाम अनुसार आफ्ना निकटतम प्रतिद्धवन्दी भन्दा ४७० मत बढि ल्याएर हुसेन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
हुसेनले १०३२ मत ल्याउनुभएको छ भने उहाका निकटतम प्र्रतिद्धवन्दी प्रेम बरालले ५६२ मत ल्याउनुभएको छ । यस्तै अध्यक्षका अर्का उम्मेदवार राजकुमार भट्राईले जम्मा २५० मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत मुकुन्द बहादुर श्रेत्रीले ए वान समाचारलाई जानकारी दिनुभयो ।
























