राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी आज, यी हुन् ठूला दलका उम्मेदवार
राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ। माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता हुन लागेको हो। ५६ सिटका लागि गरिने निर्वाचनमा भाग लिने उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।
अपराह्न चार बजेसम्म सम्बन्धित सात वटै प्रदेशका उच्च अदालत रहेका स्थानमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ। प्रदेश १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, ४ को कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा स्थापना गरिएको छ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उप्रमुख गरी १५ सय ६ र प्रदेश सांसद ५ सय ५० गरी जम्मा २ हजार ५६ जना मतदाताले मतदान गर्न पाउनेछन्। स्थानीय तहका प्रमुख/उपप्रमुखको एक जना बराबर १८ र प्रदेश सांसदको एक जना बराबर ४८ मतभार तोकिएको छ। एकल संक्रमणीय मत प्रणालीका आधारमा हुने निर्वाचनमा हरेक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित हुनेछन्। ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।
यी हुन् ठूला दलले टुङ्ग्याएका उम्मेदवार
एमाले
प्रदेश १
नैनकला ओझा, मोरङ खेम नेपाली, मोरङ हरिचरण शिवाकोटी,झापा पर्शु मेघी गुरुङ, संखुवासभा आगम बान्तवा, इलाम
प्रदेश २
सुमन प्याकुरेल, सप्तरी
प्रदेश ३
पार्वती रावत, चितवन उदया शर्मा, काठमाडौं सिंहबहादुर विक, सिन्धुपाल्चोक बलराम बास्कोटा, काठमाडौं बेदुराम भुसाल, काठमाडौं रामचन्द्र राई,मकवानपुर
प्रदेश ४
रामबहादुर थापा , स्याङ्जा गणेश तिमिल्सिना, पर्वत शान्ति अधिकारी ,बाग्लुङ दीपा गुरुङ, लमजुङ
प्रदेश ५
रामलखन हरिजन , पश्चिम नवलपरासी खिमलाल भट्टराई , रुपन्देही मीना बुढा, रोल्पा कोमल वली , दाङ
प्रदेश ६
कविता बोगटी (महिला), हुम्ला नन्दा शर्मा (महिला), सुर्खेत नरपति लोहार, कालिकोट भैरवसुन्दर श्रेष्ठ, जाजरकोट ठगेन्द्र पुरी,पश्चिम रुकुम
प्रदेश ७
कमला ओली, कैलाली इन्दु कडेरिया बिष्ट, कञ्चनपुर शेरबहादुर कुँवर, अछाम चक्रप्रसाद स्नेही, डडेलधुरा
नेपाली कांग्रेस
प्रदेश १
रमेशजंग रायमाझी
प्रदेश २ जितेन्द्र देव, थप एक उम्मेदवार टुङग्याउन बाकीँ प्र
देश ३ राधेश्याम अधिकारी
प्रदेश ४ सुरेन्द्रराज पाण्डे वृन्दा राना मगर जीतबहादुर नेपाली प्रकाश पन्त
प्रदेश ५ दुर्गाप्रसाद उपाध्याय अनिता देवकोटा मैकुलाल वाल्मीकि लुटबहादुर खत्री
प्रदेश ६ विष्णुबहादुर शाही, सूर्यदेवी मल्ल, सीताराम विके गोपालप्रसाद शर्मा
प्रदेश ७ बद्री पाण्डे तारादेवी भट्ट शेरीराम पार्की छत्रराज जोशी
माओवादी केन्द्र
प्रदेश १ विना पोखरेल
प्रदेश २ शशिकला दाहाल, एक जना उम्मेदवारको नाम टुंगो लगाउन बाँकी
प्रदेश ३ रामबहादुर थापा गंगा पराजुली
प्रदेश ४ दीनानाथ शर्मा खिमकुमार विश्वकर्मा
प्रदेश ५ राजकुमार कुंवर चन्द्रबहादुर खड्का
प्रदेश ६ जीवन बुढा युटुल लामा कालीबहादुर मल्ल
प्रदेश ७ लालिराम लोहार हरिराम चौधरी























