बारा प्रहरीद्धारा अवैद्य हतियारसहित १ जना पक्राउ
ए वान डेस्क /
जिल्ला प्रहरी कार्यालय बाराले अवैद्य हतियारसहित पक्राउ परेका १ जनालाई आज शार्वजनीक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गरी बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले आज १ जनालाई शार्वजनीक गर्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराको टोलिले बारागढी गाउँपालिका वडा नंं. १ बसतपुरका धर्मेन्द्र प्रसाद यादवलाई हिजो पक्राउ गरेको थियो । यादवको साथबाट प्रहरीले अवैध घरेलु कटुवा पेस्तोल थान–१, ऐ.को गोली राउण्ड २ र विभिन्न कम्पनिका चोरीका मोबाईल थान–१४ बरामद गरेको छ ।
घरको कोठामा लुकाई राखेको अवस्थामा यादवसहित सो सामान हिजो बरामद गरिएको प्रहरी उपरीक्षक बैदवारले जानकारी दिनुभयो । यादवको बिषयमा थप अनुसन्धान भईरहेको बैदवारले जानकारी दिनुभयो ।
गिरोह पक्राउ
जिल्ला प्रहरी कार्यालय बाराले चोरीको मोटरसाईकल किनबेच गर्ने गिरोह पक्राउ गरेको छ । भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाईकलहरु चोरी गर्ने, लुटपाट गर्ने गिरोह सक्रिय रहेको भन्ने सुचनाको आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलिले हिजो सिम्रौनगढबाट २ जनालाई पक्राउ गरेको हो ।
बारा सिम्रौनगढ नगरपालिका वडा नं.४ गंगानगरबाट चोरीको BR 30K 1980 नम्बरको पल्सर मोटरसाईकल थान १, BR 05 S3 3986 नम्बरको RTR अपाची मोटरसाईकल थान–१ र नम्बर नखुलेको हिरोहोण्डा स्पलेण्डर मोटरसाईकल थान–१ गरी जम्मा ३ थान मोटरसाईकल सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाईकल सहित आदर्शकोत्वाल गाउपालिकाका आनन्द प्रसाद कुशवाहा र अरबिन्द महत्तोलाई पक्राउ गरेको हो ।
























